धनगढी- कैलाली र कञ्चनपुरबाट अबैध सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र धनगढी–९ त्रिबेणीघाटबाट प्रहरीले करिब ३० हजार ६६० मुल्यका अबैध सामान बरामद गरेको हो। प्याज, चिनी, सुर्ती, बिडी, सरफ, प्लाष्टिक झिल्ली, सुट, चक्लेट, मसला, लगायतका सामान शनिबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–६ शान्ति निकेतन स्कुल नजिक, भीमदत्त नगरपािलका–११ चौकीसत्ता र बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट पनि प्रहरीले अबैध सामान बरामद गरेको छ।
करिब एक लाख ५९ हजार मुल्यको तरकारी, गाडीको स्प्रे, ब्लाउजको कपडा, काजु, पापड, किरानाका सामान, हार्डवेयरका सामान, बोईलर कुखुरालगायतका अबैध सामान शनिबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।














