धनगढी- धनगढीको कैलालीका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराह, टीकापुर नगरपालिका–९ खैरीपुर, जोशीपुर गाउँपालिका– ४ हसनपुर र वाणीबाट अवैध रूपमा भारतबाट भन्सार छलि गरि ल्याएका करबि एक लाख ५८ हजार,८३० बराबरको कस्मेटिक सामान, मोजा, पर्स, कपडा, प्लास्टिक झिल्ली, धानको बिउ, तरकारीमा प्रयोग हुने विषादी, धुप, एसियन पेन्ट, बाइकको लिभर, गङ्गा तेल, मिठाई, इमली लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।














