धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका अवैध सामान बरामद गरेको छ ।
कैलालीका विभिन्न स्थानबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी तीन लाख ७२ हजार ४ सय ४० रुपैयाँ बराबरको चिनी, सुजी, पेय पदार्थ, सुर्ती, मिठाई, थान कपडा, पाइन्ट, मोजा, चप्पल, प्लाष्टिक डोरी, सेतो कपडा, सुटपिस, सिद्रा माछा, माछा, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै कञ्चनपुरको विभिन्न स्थानबाट भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २ लाख ५७ हजार २० रुपैयाँ बराबरको ग्यास चुलोको पाईप, कुकरको रवर, बिन्दी,भाईरल चप्पल,रुमाल,गन्जी,अन्डरबेयर,कस्मेटिकको सामान, किरानाको सामान, इन्भटर, ब्याट्री लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













