धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलिका सामान बरामद गरेको छ । बुधबार यी जिल्लाका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद गरेको हो ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका,३ ट्राफिक चौराहा, वडा नं. ९ त्रिवेणीघाट र भजनी नगरपालिका– ५ लालबोझीबाट अवैधरुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु.२ लाख ७० हजार २३५ बराबरको प्याज, चिनी,विडी, सुर्ती, साईकलका टायर, लेडिज कुर्ती, कपडा सिलाउने मेसिन, न्यापिन पेपर, प्लाष्टिक झिल्लीलगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै कञ्चनपुर भीमदत्त नगरपालिका–९, मटेना र बेलौरी नगरपालिका–१ फटैयाबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ५२ हजार ५ सय रुपैयाँ बराबरको चिनी, पेय पदार्थ, बिडी, सुर्ती, खाने तेल, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













