धनगढी- प्रहरीले कैलालीमा एक लाख ३४ हजार ५ सय १८ रुपैयाँ बराबरका अवैध भन्सार छलिका सामान बरामद गरेको छ । बिहीबार जिल्लाका विभिन्न स्थानबाट सो रकम बराबरको सामान बरामद गरेको हो ।
जिल्लाको धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिकाका विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका प्याज, चिनी, बिडी, सुर्ती, मोबाइल डिस्प्ले, चार्ज पिन, मोबाइल रिपेरिङका सामान, ग्लास, बिजुलीका सामान, मोटर, मोबिल, कुर्ती, धोती, लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।














