धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट २ लाख ३१ हजार ५ सय बराबरका भन्सार छलिका सामान बरामद गरेको छ । कैलालीको धनगढी–३ मिलन चोक भित्रि एरिया, वडा नं. ४ बसपार्क र गोदावरी ३ मालाखेती चोकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु १ लाख ६६ हजार २ सय बराबरको चिनी, मोजा, बच्चाको फराक, कुर्ता सुरवाल, कुर्ती, चुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।
त्यस्तै कञ्चनपुरको भीमदत्त ११ विद्युत कार्यालय नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु ६५ हजार ३ सय बराबरको टेनिस बल, फेसवास क्रिम, चियापत्ती, बेसन, मसाला, मेथी, तेल, किरानाका सामानलगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।














