धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलिका सामान बरामद गरेको छ । आइतबार दुई जिल्लाका विभिन्न ठाउँबाट सामान बरामद गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा र ब्यारेलबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु.६० हजार १८० बराबरको प्याज, चिनी, मिश्री, सरफ, पास्ता, खाने तेल, मैदा, दाल, जिरा,धनिया, खुर्सानी, साबुन, सुर्ती, चप्पललगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बिद्युत कार्यालय नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु.९० हजनर ४५० बराबरको टेनिस बल, सुटपिस, खानेतेल, बच्चाका खेलौना,हाडवेयरका सामान, कस्मेटिक सामान, किरानाका सामानलगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













