धनगढी- प्रहरीले कैलालीबाट भन्सार छलीका सामान बरामद गरेको छ । बिहीबार जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरेको हो ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा र भजनी नगरपालिका–५ रणनगर नजिक भारतबाट भन्सार छली ल्याएको रु.५४ हजार ७ सय ३० बराबरका सुट कडा,चुरी ,लिपिष्टिक, कुमकुम सिन्दुर लगायत श्रृंगारका सामानहरु, चप्पल र रसायनिक मल बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













