धनगढी- प्रहरीले कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरेको छ ।कञ्चनपुर प्रहरीले बिहीबार जिल्लाका विभिन्न स्थानबाट अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।
जिल्लाको भीमदत्त नगरपालिका–१०, विद्युत कार्यालय नजिक, बेदकोट नगरपालिका–७ लालपुर र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु.९५ हजार ६५० बराबरका चिनी,मिश्री, दाल, खानेतेल, सरफ,हार्डवेयरका सामान, सुटपिस, माछा लगायतका सामानहरु बरामद गरेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













