धनगढी- प्रहरीले कैलाली,कञ्चनपुर र डडेल्धुराबाट भन्सार छलीका सामान बरामद गरेको छ। तीन जिल्लाका विभिन्न स्थानबाट अबैध भन्सार छलीका सामान बरामद गरेको प्रहरीले जनाएको छ।
कैलालीका विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु १ लाख ३८ हजार ७० मूल्य बराबरका चिनी, बिडी, सुर्ती, गुट्खा, बदाम, किसमिस, सिद्रा माछा, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै,कञ्चनपुरको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छलीका रु १ लाख ४५ हजार ३८० मूल्य बराबरको सामान बरामद चिनि, दाल, चना, खाने तेल, सरफ, गुड, बेसन, चकलेट, खुर्सानी, साडी, धोती, सुट पिस, सुटको थान कपडा, कुर्ती, आईरन, हाडवेयरका सामान, किरानाका सामान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
डडेल्धुराको पर्शुराम नगरपालिका–५ बहादुरे खोला नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु २४ हजार मूल्य बराबरको २ वटा टायर प्रहरी चौकी शिर्षबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएका जनाइएको छ।













