धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरेको छ । यी दुई ज्लिलाका विभिन्न स्थानबाट प्रहरीले् बुधबार भन्सार छलीका सामान बरामद गरेको हो ।
कैलालीका विभिन्न ठाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु.१ लाख ६२ हजार ४२० बराबरको केराउ, खानेतेल, पास्ता, साडी, सुटपिस, मोबाइल डिसप्ले, चार्जर,राखीलगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु.१ लाख ७४ हजार १०० बराबरको कुर्ती, धोती, बटन स्विच, मोटरसाइकलको ट्युव, कस्मेटिक सामान,किरानाका सामानलगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको सुदूरपीश्चम प्रदेश प्रहरी कार्यालले जनाएको छ ।













