धनगढी- प्रहरीले कैलालीबाट रु २ लाख ५९ हजार ८ सय १५ बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट सो मूल्य बराबरका विभिन्न सामान शनिबार बरामद गरेको हो ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र आदर्श टोल, वडा नं. ९ त्रिवेणीघाट, भजनी नगरपासिलका–८ बदलाचोक र टीकापुर नगरपालिका–७ सुनुवाफाटाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका उक्त मूल्य बराबरका प्याज, लसुन, चिनी, बिडी, सुर्ती, भाडावर्तन, पानीपुरी, सरप, मसला,नमकिन, बस ईन्जन रिङ ,बस ईन्जन क्लोज प्लेट, बस ईन्जन,रिङ,टाप लगायतका सामानहरु बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













