धनगढी- प्रहरीले कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरेको छ। शनिबार जिल्लाका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद गरेको हो ।
भीमदत्त नगरपालिका–१६ बसन्तपुर र बेलौरी नगरपालिका–६ ढक्काबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु ४३ हजार १ सय बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त मूल्य बराबरको फलामको पाईप, फलामको बर्मा, सेतो प्लाष्टिक, टेबुल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।














