धनगढी– प्रहरीले कैलालीबाट अवैध भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट सोमबार अवैध भन्सार छलीका सामान बरामद हो ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा,वडा नं. ३ मिलनचोक, वडा नं. ८ प्रगतिटोल र टीकापुर नगरपालिका–८ बटनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु २ लाख ७८ हजार २५० मूल्य बराबरको सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सो मुल्य बराबरका प्याज, चिनी, ब्लाउज, कुर्ती, सुटपिस, साडी, मोबाइल टच, टच चिप्काउने ट्युव, प्लाष्टिक झिल्लीलगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।














