धनगढी- प्रहरीले कैलालीबाट भन्सार छलीका सामान बरामद गरेको छ।
जिल्लाको धनगढी उपमहानगपालिका–२ ट्राफिक चौराहा, वडा नं. ३ मिलन चोक, वडा नं. १४ लब्लीचोक र भजनी नगरपालिका–३ पकडीयाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु १ लाख ३६ हजार ७५० मूल्य बराबरको सामान बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले चिनी, सुर्ती, बिडी, खाने तेल, हिटिङ मेसिन, हिटिङ टर्च,गहना सफा गर्ने पाउडर,गहना सफा गर्ने एसिड, कार्गो झिल्लीलगायतका सामान वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।














