धनगढी- प्रहरी कैलालीका विभिन्न स्थानबाट भन्सार छलीको सामान बरामद गेरको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–९ त्रीवेणीघाट, भजनी नगरपालिका–३ बर्दवाफाँटा, भजनी–६ नवलपुरबाट भन्सार छलीको सामान बरामद गरिएको हो।
त्यस्तै टीकापुर नगरपालिका–१, सोहि नगरपालिकाको ८ नम्बर वडा पायलगाउ, जोशीपुर गाउँपालिका–३ लक्कड, र जानकी गाउँपालिका–४ झबैपुलबाट भारतबाट भन्सार छली ल्याएका रु ७ लाख १५ हजार ६० मुल्य बराबरको सामान बरामद गरेको छ।
उक्त मुल्य बराबरको प्याज, चिनी, बिडी, सुर्ती, लसुन, साडी, सुपिस, कुर्ती, मोवाइल चार्जर, एयरफोन, माछा लगायतका सामान नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













