धनगढी- प्रहरीले कैलालीबाट भन्सार छलीका सामान बरामद गरेको छ। शनिबार जिल्लाका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद गरेको हो ।
जिल्लाको धनगढी उपमहानगरपालिका– ३ बिशालनगर, वडा नं. ४ बसपार्क, वडा नं. ९ त्रिवेणीघाट र टीकापुर नगरपालिका– ८ बटनपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका रु २ लाख ४१० मूल्य बराबरको सामान बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उक्त मुल्यका प्याज, चिनी, मिश्री, नरिवल, सरप, मिठाई, पानीपुरी, मसला, सुर्ती, टाई, नटबोल्ड, खेलौना, भाँडाकुँडा, प्लाष्टिक टोकरी लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













