धनगढी- प्रहरीले कैलालीबाट भन्सार छलीका सामान बरामद गरेको छ । शुक्रबार जिल्लाका विभिन्न स्थानबाट अवैध भन्सार छलीका बरामद गरेको हो ।
अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी रु ८ लाख ३ हजार २ सय ८० बराबरका सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त मुल्य बराबरका प्याज, चिनी, चक्लेट, सुटपिस, कुर्ती, वानपिस, प्लाजु, थान कपडा, बच्चाको कपडा, गञ्जी, मेक्सी, पाईन्ट,दोपट्टा, सुर्ती, मसला, चप्पल, जुत्ता, कस्मेटिक सामान, किरानाका सामान, ट्याक्टर व्यारिङ बरामद गरिएको जनाइएको छ ।
त्यस्तै, ट्याक्टर बल्व, स्विच, अटोमेटिक स्विच, इन्जन सिल, डिजल फिल्टर, रिङ, तामा वासर ,फल्टर,फेबिकल, नोजल रबर, खेलौना लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।













