धनगढी- कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान बरामद गरेको छ । आइतबार जिल्लाका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद गरेको हो ।
अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु.१ लाख २८ हजार ३४२ बराबरको प्याज, चिनी, मसला, बिडी, सुर्ती, सरप, बदाम, किसमिस, नरिवल धुलो, मिठाई, मिलको चक्का ,मिलको बेल्ट, मोबिल, मोबिल फिल्टर, ट्याक्टरका पार्ट लगायतका सामानहरु बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













