धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरेको छ । दुई जिल्लाका विभिन्न स्थानबाट बिहीबार भन्सार छलीका सामान बरामद गरेको हो ।
कैलालीको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ३५ हजार ६४७ मूल्य बराबरको सामान बरामद बरामद गरिएको जनाइएको छ।
उक्त मूल्य बराबरका प्याज, चिनी, चामल, मसला, सुर्ती, सुटपिस, जुत्ता, सिल्भर डिब्बा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
त्यस्तै, कञ्चनपुरको बिभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २ लाख ६१ हजार ६ सय मूल्य बराबरको चिनी, मिश्री, बिडी, चुरा, कुर्ती, खेलौना, गाडीका स्टिकर रोल, गाडीको स्प्रिङ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।













