धनगढी– प्रहरीले कैलालीबाट ८ लाख बढीका मोबाइलका सामान बरामद गरेको छ।
जिल्लाको गोदावरी नगरपालिका–१ धनगढी रोड स्थित पद्मा अस्पताल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८ लाख १४ हजार मूल्य बराबरका मोबाइलका सामान बरामद गरेको हो।
उक्त मूल्य बराबरको मोबाईलको कभर र ग्लास लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













