धनगढी- प्रहरीले कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरेको छ।
कैलालीको टीकापुर नगरपालिका–९ पायल गाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु २६ हजार ९ सय ४० बराबरको ट्याक्टरको छतकभर, ग्रिस पम्प, ग्रिस, लाईट, हाईड्रोलिक फिडर, फिल्टर, ब्यरिङ लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, वडा नं. ११ बिद्युत कार्यालय नजिक र पुनर्वास नगरपालिका–६ बाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु ३ लाख ३६ हजार ४१ बराबरको प्याज, चिनि, मिश्री, काजु, पेयपदार्थ, खानेतेल, जिरा, हार्डवेयरका सामान, मोबाईलका डिस्प्ले, झिलमिले लाईट, मोबाईलको ब्याट्री, कपडा, खेलौना, किराना लगायतका सामान बरामद गरिएको जनाइएको छ।













