धनगढी- प्रहरीले कैलालीबाट भन्सार छलीका सामान बरामद गरेको छ । मंगलबार जिल्लाका विभिन्न स्थानबाट अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।
जिल्लाको धनगढी उपमहानगरपालिका–२ फनपार्क नजिक, वडा नं. ४ पुरानो भन्सार रोड, वडा नंं १० जुगेडा, वडा नं. १९ बहुलियाघाट,भजनी नगरपालिका–३ पिरनी, टीकापुर नगरपालिका–८ श्रीलंका, वडा नंं. ९ बालुवा स्थित सडक खण्ड र गौरीगंगा नगरपालिका–४ राजीपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका रु ४ लाख ३४ हजार ९ सय २८ बराबरका सामान बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उक्त मूल्य बराबरका प्याज, चिनी, सुर्ती, मसला, मोवाईलको ग्लास, मोवाईलको कभर, मोबाईलको डिस्प्ले, प्लाष्टिकका भाडा, स्टिलका कप ,कचौरा, चिया छान्नी , ग्याँस चुलो, पानी तान्ने मोटर, बोइलर कुखुरा, १ थान मोटरसाइकललगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।













