धनगढी- प्रहरीले कैलालीबाट भन्सार छलीका सामान बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट मंगलबार भन्सार छलीका सामान बरामद गरेको हो ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा, भजनी नगरपालिका–९ पहलवानको जंगल नजिक र टीकापुर नगरपालिका–९ पुरानो भन्सार स्थित भित्री सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८५ हजार ३ सय बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्य बराबरको चिनी, हरियो खुर्सानी, चना, बच्चाको खेलौना, स्टिलका भाँडा, सुट पिस लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













