धनगढी । कैलालीका बिभिन्न स्थानबाट भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ ।
कैलालीको धनगढी ९ त्रिवेणीघाट र टीकापुर ९ ठोसे चोक स्थित भित्री सडक खण्डबाट भन्सार छलि गरि ल्याएका मूल्य रु.७७,८४०।– बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
सो स्थानबाट चियापत्ती, होली रंग, ईन्डीकेटर, मोटरसाईकलको पलक, मोटरसाईकलको लक चावी, माछा, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।













