धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानवाट प्रहरीले ४ लाख ६२ हजार १०० मुल्य पर्ने भन्सार छलीका सामान बरामद गरेको छ । कैलालीबाट ४ लाख २९ हजार ३०० र कञ्चनपुरबाट ३२ हजार ८०० का सामान प्रहरीले बरामद गरेको हो ।
मंगलबार साँझ कैलालीको धनगढी २ मिलन चोक ३ चटकपुर, भजनी ७ पुरैना सामुदायिक बन नजिक र टीकापुर १ गौरा पाउरोटी स्थित सडक खण्डबाट भन्सार छलि गरि ल्याएका कुर्ती, प्लाजु, सुटपिस, धोती, पास्ता, खानेतेल, भेष्ट, पेय पदार्थ, कुरकुरे, चक्लेट, चिम, स्विच बोर्ड, माछा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
त्यस्तै कञ्चनपुर, कृष्णपुर न.पा.५ गुलरियाबाट भन्सार छलि गरि ल्याएका माछा इलाका प्रहरी कार्यालय गुलरीया, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी स्थानिय जनप्रतिनिधिको रोहभरमा नष्ट गरिएको जनाएको छ ।













