धनगढी । कैलाली र कञ्चनपुरका केही स्थानहरुबाट भँन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।
कैलाली धनगढी २ र ३ मिलनचोक र ९ त्रीवेणीघाटबाट भारतबाट भन्सार छलि गरि ल्याएका मूल्य रु.७८,५७०।– का सामान र कञ्चनपुरको भिमदत्त ११ भुजेला, बेलौरी १ मटैया र फटैयाबाट मूल्य रु.२,३८,५५०।–सामान प्रहरीले बरामद गरकेको हो ।
सो स्थानबाट कपडा, माछा,बोईलर कुखुरा, कस्मेटिक बराबरको प्याज, चिनी, सरप, बिडी, सुर्ति, चक्लेट, झोला, माला, सिरबिन्दी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा जिल्ला प्रहुरी कार्यालय मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले सामान फेला पारी बरामद गरेको जनाएको छ ।













