कैलाली । कैलालीका केही स्थानबाट भन्सार छलीका ३ लाख १६ हजार ९० रुँपैया मुल्य पर्ने सामान प्रहरीले बरामद गरेको छ ।
धनगढी ३ भन्सार नजिक, मिलन चोक गोदावरी ३ चौकीडाँडा भजनी ३ पहलवान झुलङ्गेपुलबाट सामान प्रहरीले बरामद गरेको हो ।
सो स्थानहरुबाट चिनि, सुर्ति, गुट्खा, बिडी, दाल, नरिवल, केक पाउडर, ब्रेड पाउडर, चकलेट, कस्मेटिक सामान
चुरा,पोते,बिन्दि,माला,काटा,टप, सुटपिस, कुर्तिसेट, टप्स, प्लाजु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय, कैलाली तथा मातहत
कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













