कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । मंगलबार साँझ टिकापुर नगरपालिका ९ पुरानो भन्सार
स्थित भित्री सडक खण्डबाट मूल्य रु.३०,८००।– बराबरको चिनि, रिफाईन्ड तेल, बिडी, सुर्ति, गुट्खा, सुपारी, प्लाष्टिक लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ ।
त्यस्तै कञ्चनपुरको भिमदत्त ५ सुकाशाल, १२ महाकालि पुल र बेलौरी ९ सडकघाटबाट भन्सार छलि गरि ल्याएका मूल्य रु.७३,०००।– बराबरको चिसो पेय पदार्थ, सुर्ति, गुट्खा, कुर्ता सुरुवाल, लेडिज चप्पल, हार्डवयर र कस्मेटिक सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला बरामद गरेको हो ।













