धनगढी । कैलालीका विभिन्न स्थानबाट प्रहरीले दुई लाख ५४ हजार ५०० मुल्यको सामान बरामद गरेको छ ।
धनगढी उप-महानगरपालिका – ३ चौराह, गोदावरी न.पा.-४ गोदावरी पुल र गोदावरी न.पा.-४ हनुमान मन्दिर नजिकबाट सो मुल्यको सामान बरामद गरेको हो ।
बिडी, सुर्ति, गुट्खा, करेन्ट मसला, नुहाउने साबुन, अगरबत्ति, चिया मसला, थानको कपडा, बच्चाको खेलौना, कुर्ती, सुट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।














