उदयपुर । बेलका नगरपालिका-८ सप्तकोशी किनारबाट वेवारिसे अवस्थामा रहेको अवैध लागूऔषध गाँजा करिब १ सय ८० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














