धनगढी । कैलाली र कंञ्चनपुरका बिभिन्न स्थानबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।
सोमबार साँझ कैलालीको धनगढी उप-महानगरपालिकाका केही स्थानबाट मूल्य रु. ३,३२,८१०।– बराबरको चिनि, बिडी, सुर्ती, गुट्खा, छिद्रा माछा, श्रृंगारको सामान, खेलौना, थानको कपडा, नल्का बनाउने सामान, नट बोल्टहरु, प्लाष्टिक झोला लगाएतका सामान बरामद गरेको हो ।
त्यस्तै कंञ्चनपुरको भुजेला र वडा नं. १७ बासखेडाबाट मुल्य रु.२,४२,७००।– बराबरका जुत्ता, कपडा, हार्डवेयरका र किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













