धनगढी । कैलाली र कञ्चनपुबाट ५ लाख लाख ६७ हजार दश रुपैया मुलयका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।
कैलालीका केही स्थानबाट ५ लाख ४७ हजार दश र कञ्चनपुरबाट २० हजार मुल्यका सामान प्रहरीले बरामद गरेको हो ।
सो स्थानहरुबाट सुर्ति, बिडी, काजु, केक, साडी, प्लाजु, धोती, मेक्सी, मोबाइलका ग्लास, ब्याट्री, चार्जर, नेटबर्किङ पिन, माछा, सिद्रा माछा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।














