धनगढी । कैलालीका केही स्थानहरुबाट प्रहरीले ३ लाख ८४ हजार मुल्य पर्ने भन्सार छलीका सामान बरामद गरेको छ ।
कैलालीको धनगढी २ मिलन चोक र ३ मसानटोलबाट प्रहरीले सो मुल्यको सामान बरामद गरेको हो ।
सुर्ति, सुटपिस, थान कपडा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।













