धनगढी । कैलालीको खग्रौला सडकखण्डबाट प्रहरीले भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरेको छ ।
मूल्य रु.४७,२६०।– बराबरको नल्काको वासर, पम्प रड, वेन्ड मोटर, निप्पल, रबर टिक्की, मोटर चेकवाल, पलास लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो ।
प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा सो सामान फेला पारी बरामद गरेको जनाएको छ ।














