अछाम । बजार अनुगमनको क्रममा अछामको मंगलसेनका ३ वटा पसलबाट म्याद समाप्त भएका सामान बरामद गरेको छ ।
आज मंगलसेन नगरपालीका ५ स्थित रहेको बजार एरियामा जिल्ला प्रशासन कार्यालय, मंगलसेन नगरपालीका, घरेलु तथा साना उद्योग विकास कार्यालय , जिल्ला प्रहरी कार्यालय मंगलसेन अछामको संयुक्त आयोजनामा गरिएको बजार अनुगमनमा सो सामान बरामद गरेको हो ।
बजार एरियामा रहेका ७ वटा पसल चेकजाँच गर्दा ३ वटा पसलमा म्याद समाप्त भएका स्प्राइट २.५ लिटर ४० वोतल, जिंक चाउचाउ ३५ प्याकेट, एम.डि. सस २७ वोतल गरि अन्दाजी रु. १०,००० वरावरको सामान बरामद गरि स्थानिय जनप्रतिनिधि तथा नागरीक समाजको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले निशाना न्युजलाई जानकारी दिए ।














