धनगढी । कैलाली कञ्चनपुरका केही स्थानबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ । कैलालीको धनगढी ३ मिलन चोक नजिक र कञ्चनपुरको बेलौरी ४बाट एक लाख ५५ हजार दुइ सय मुल्यको भन्सार छलिको सामान बरामद गरेको हो ।
ति स्थानहरुबाट काजु, धोती, मेक्सी, सुटपिस, कस्मेटिकबिडी, सुर्ती, पेय पदार्थ, चियापत्ती, तरकारी, दाल, मोटरसाइकल थान-१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएका छ ।














