धनगढी । कैलालीका केही स्थानबाट भन्सार छलीको ९० हजार मुल्यको सामान बरामद गरेको छ । शुक्रबार कैलालीको धनगढीको
३ मिलन चोक र टीकापुर ९ पुरानो भन्सारबाट सो मुल्यका सामान प्रहरीले बरामद गरेको हो ।
कुर्ती, दोपट्टा,सुटपिस, साडी, चप्पल, मिठाई, चक्लेट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।














