धनगढी । कैलाली र कञ्चनपुरका केही स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । मंगलबार कैलालीबाट मूल्य रु.१,७९,९९०।– बराबरको प्याज, खुर्सानी, बिडी, भाडा बर्तन, बिभिन्न किसिमका कपडा, धाराका टुटी, पेन्ट, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।
त्यस्तै कञ्चनपुरबाट मुल्य रु.१,०६,८७०।– बराबरको पेय पदार्थ, बिभिन्न किसिमका कपडा, माछा, बोईलर कुखुरा, किरानालगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।














