धनगढी । कैलालीमा २५ लाख ५४ हजार चारसय मुल्यको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।
आज जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटीगएको प्रहरी टोलीले कैलालीको कैलारी गाउँपालिका ९ कोईलही तालमा सो सामान बरामद गरेको हो ।
सुट ४०० पिस ,टप्स १५१७ पिस, धोती ११२ पिस, पुजाको धोती १० पिस, थान कपडा २० रोल, साडी १० पिस, टावेल ५ पिस, बलाउजको अस्तर कपडा १ रोल सामान प्रहरीले बेवारिसे अवस्थामा फेलापारी आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली बुझाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।














