कैलाली । कैलालीका केही स्थानबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । शनिबार कैलालकिो धनगढी
३ मसान टोल र सिसा पोष्ट नजिकबाट भन्सार छलीका मूल्य रु.१,८९,०५०। बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
सुटपिस, कुर्ती, टप्स, प्लाजु, धोती, दोपट्टा,सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ ।













