धनगढी । कैलालीका केही स्थानवाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । धनगढी २ बैयाबेहडी पिपल चौतारा , टिकापुर ९ बालुवाटार चोक नजिक सडक खण्ड र ठोसे बजारबाट भन्सार छलि गरि ल्याएका करिब रु.१,९१,३४९।– मूल्यको सामान प्रहरीले बरामद गरेको हो ।
बिडी, सुर्ती, बिस्कुट, नमकिन, मिठाई, सुपारी, काँसका भाँडावर्तन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।













