धनगढी । कैलाली र कंञ्चनपुरबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । बिहिबार कैलालीको धनगढीको बालुवाघाट र कञ्चनपुर, पुनर्बास ११डोकेबजारबाट करिब दुई लाख २० हजार १०० का सामान फेलापारी प्रहरीले बरामद गरेको हो ।
धनगढीको बालुवाघाट बाट ब्लाउज, पेटिकोट, सुटपिस, धोती, साडी, जेन्स कुर्ता लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी बरामद गरेको हो भने पुनर्बास ११डोकेबजारबाट बिभिन्न किसमका कपडा, किराना लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कार्वाहीको त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको जनाएको छ ।













