कैलाली । कञ्चनपुर र डडेल्धुराका विभिन्न स्थानबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । कञ्चनपुरको भिमदत्त न.पा.१७
मझगाँउ, कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिक , पुनर्वास न.पा.११ टाउके बजार र डडेल्धुराको परशुराम न.पा.१२ लेटेरोडाबाट सो सामान प्रहरीले बरामद गरेको हो ।
शुक्रबार भन्सार छलि गरि ल्याएका मूल्य रु.२,३०,५२०।– बराबरको कुर्ती, सुटपिस, सुरवाल, पाइन्ट, लेहेङ्गा, बच्चाको कपडा, शर्ट, भाँडावर्तन, बिजुली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै मूल्य रु.२७,६४०।– बराबरको बिडी, सलाई, सुपारी लगायतका सामानहरु इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो ।













