धनगढी । कैलाली र कंञ्चनपुरका केही स्थानबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ । कञ्चनपुर जिल्लाको भिमदत्त
९ ब्रहमदेम, १० गज्जर र ११ भुजेला र कैलालीको टिकापुर ,७ सुनाफाटाबाट बुधबार प्रहरीले सामान बरामद गरेको हो । मूल्य रु.३,२७,६१०।– बराबरको चिनी, मिश्री, मिठाई, नरिवल, हार्डवेयर, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत
कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा बरामद गरेको छ । त्यस्तै मूल्य रु.२७,२००।– बराबरको गोल्ड मोहर लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिगएको प्रहरी टोलीले बरामद गरेको जनाएको छ ।
भन्सार छलिका सामान बरामद
भन्सार छलिका सामान बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














