धनगढी- नेपाली काँग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले आउँदो स्ववियु निर्वाचनमा प्रजातान्त्रिक विचारधाराका विद्यार्थीहरु निर्वाचित हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
घोडाघोडी क्याम्पमा नेपाल विद्यार्थी संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रको सुधारका लागि प्रजातान्त्रिक विद्यार्थीको नेतृत्व जरुरी रहेको बताएका हुन् ।
उनले घोडाघोडीसंगै कैलालीमा रहेका हरेक क्याम्पसमा नेविसंघका विद्यार्थीहरुको नेतृत्वबाटमात्र परिवर्तन सम्भव रहेको बताए । उनले विद्यार्थीहरु अनुशासित भएर अघि बढ्न पनि जरुरी रहेको बताए ।
उनले क्याम्पसबाटनै पार्टीको सुधार अभियान आवश्यक रहेको बताए । कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष भिम बडुवाल, सचिव नृपबहादुर सुनार र केशव मिश्र लगायत विद्यार्थी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।













