धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रबाटै एमबीबीएसको पढाइ सुरु गनुपर्ने बताएका छन ।
उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गेटा मेडिकल कलेज विश्वविद्यालयका रूपमा स्थापित भइसकेको अवस्थामा यसै शैक्षिक सत्रबाटै एमबीबीएसको पढाइ सुरु गर्नुपर्छ भन्ने कुरमा उपमहानगर दृढ रहेको बताए ।
‘गेटामा मेडिकल कलेज अगाडि बढेको छ । यसलाई कुनै पनि बाहानामा अवरोध भएको देख्न चाहादैनौँ ’ उनले भनेका छन् ‘को पदाधिकारी बन्यो वा बनेन के ग¥यो,गरेन भन्ने विषय तपसिलको कुरा हो। धेरै लामो प्रतीक्षापछि गेटा मेडिकल कलेज सही दिशामा अघि बढेको छ। अब कुनै पनि बहानामा यसको गति रोकिनु हुँदैन।’
उनले गेटा मेडिकल कलेजको पूर्वाधार विकाससँग आफू प्रत्यक्ष रूपमा जोडिएको पनि बताए । पूर्वाधार निर्माणको समयमा डा. चेतराज पन्तको अध्यक्षतामा पूर्वाधार विकास समिति गठन भएको बताउँदै त्यसपछि शिक्षा मन्त्रालयले दिएको अधिकारअनुसार धनगढी उपमहानगरपालिकाले समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको बताए ।
उक्त जिम्मेवारी आफूले नै निर्वाह गरेकाले गेटा मेडिकल विश्वविद्यालयको समग्र अवस्थाबारे आफू जानकार रहेको उनले बताए। उनले भने ‘हाम्रो स्पष्ट भनाइ छ । जसरी भए पनि पढाइ छिटो सुरु होस् र जनताले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून्। यही उद्देश्य पूरा गर्न सबै पक्षले आवश्यक सहयोग गर्नुपर्छ ।’













