• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

बझाङमा गठबन्धन बेगर प्रतिस्पर्धा हुँदै

  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

काठमाडौं- १५ वैशाखमा हुने उपनिर्वाचनमा बझाङ प्रदेश सभा ९१० का लागि दलहरुले उम्मेदवारको टुंगो लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेश सभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेकाले उम्मेदवार तय गरेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चार दिन लगातार बैठक गरी बिहीबार उम्मेदवार तय गरेको छ । बझाङ प्रदेश सभा (१) का लागि सिफारिसमा परेका १० जनाबाट अभिषेक सिंह उम्मेदवार हुने संसदीय बोर्डले निर्णय लिएको छ ।

टिकट प्राप्त गरेका अभिषेक दुर्घटनामा निधन भएका सुदूरपश्चिमका तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् । गत असारमा तत्कालीन मन्त्री सिंहको सडक दुर्घटनामा मृत्यु भएको थियो । अभिषेककी आमाको पनि उक्त दुर्घटनामा मृत्यु भएको थियो । सिंहलाई टिकट दिलाउन सभापति शेरबहादुर देउवाको जोड थियो ।

पार्टीभित्रको अर्को समूह (शेखर–गगन) पक्षले भने जिल्लाका पाका नेता जगत जोशीलाई उम्मेदवार बनाउन चाहेको थियो । दुर्घटनामा बुबारआमाको मृत्यु भएको कारण देखाउँदै छोरालाई टिकट दिनुपर्ने मत देउवाले पार्टी बैठकमा राखेका थिए ।

प्रदेश सभामा टिकट पाएका सिंह गत निर्वाचनमा स्थानीय तहको वडाध्यक्षमा भने पराजित भएका थिए । जयपृथ्वी नगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा तेस्रो स्थानको मत सिंहले पाएका थिए । उनी नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै पार्टी राजनीतिमा आएका हुन् ।

सिंहका लागि अघिल्लोपटक कांग्रेसले जितेको स्थान कायम राख्नुपर्ने चुनौती छ । गत निर्वाचनमा गठबन्धनबाट कांग्रेसले जितेको थियो । कांग्रेसका सिंहले १७ हजार ११२ मत ल्याएर निर्वाचित भएका थिए । उनले एमालेका अफिलाल ओखेडालाई पराजित गरेका थिए । ओखेडाले १३ हजार ३३६ मत पाएका थिए । उक्त क्षेत्रमा राप्रपा नेपाल तेस्रो र राप्रपाले चौथो स्थानको मत ल्याएका थिए ।

यसपटक सत्ताका लागि नयाँ समीकरण बनेकाले कांग्रेस एक्लो बलमा चुनावमा होमिनुपर्ने अवस्था छ । त्यस समय सिंहलाई माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन थियो । कांग्रेसले जितेको स्थान बझाङमा गुम्न नदिने सुदूरपश्चिमका कांग्रेस सभापति वीरबहादुर बलायरले दाबी गरे । ‘युवा उम्मेदवार उठाएका छौं । गठबन्धनको मत अघिल्लोपटक पनि धेरै आएको होइन । हामीले जित्छौं,’ बलायरले भने ।

गत निर्वाचनको पाएको मतको आधारमा प्रतिस्पर्धी शक्ति कांग्रेस र एमाले देखिएका छन् । उपनिर्वाचनमा एमालेबाट अघिल्लो चुनावमा प्रतिस्पर्धा गरेका उम्मेदवार हुन पाएनन् । आकांक्षीहरू बीच प्रतिस्पर्धा गराएर एमालेले जिल्ला अध्यक्ष दमन भण्डारीलाई उम्मेदवार तोकेको छ ।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीमा आकांक्षी ६ जनाबीच मतदान गराउँदा भण्डारीले सबैभन्दा धेरै मत पाएका थिए । ९४ मत प्राप्त गरेर अरू आकांक्षीलाई पछि पारेका भण्डारी उम्मेदवार बने । भण्डारी निर्विरोध जिल्ला अध्यक्ष चयन भएका थिए ।

गठबन्धनका दलबीच चुनावी तालमेल हुन नसकेपछि आ-आफ्ना उम्मेदवार तय गरेका छन् । माओवादी केन्द्रको तल्लो तहले जनक बुढाको एकल नाम केन्द्रमा सिफारिस गरेको छ । बुढा माओवादी केन्द्र सुदूरपश्चिमका सचिव समेत हुन् । उनी दोस्रो संविधान सभाका सदस्य हुन् । इलाम–२ मा एमालेलाई सहयोग गर्ने भएकाले बझाङमा माओवादीलाई एमालेले सघाउनुपर्ने बुढाले तर्क गरे । उनले भने,‘हामीलाई सघाउनुस् भनेका छौं । एमालेले समर्थन नगरे मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’

सत्ता गठबन्धनको अर्को दल एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष समेत हुन् । उनी तत्कालीन नेकपामा पनि बझाङका जिल्ला अध्यक्ष थिए ।

जनता समाजवादी पार्टीले बझाङबाट रामबहादुर जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले संघीय परिषद् सदस्य जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका जाग्रीले २०३ मत पाएका थिए । उनी जसपाका केन्द्रीय सम्पर्क समितिका अध्यक्ष समेत हुन् । अनलाइनखबरबाट

 

  • गठबन्धन बेगर
शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी
विपद्बाट ३५ जनाको मृत्यु
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

समाचार

सबै

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ५.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.