धनगढी- धनगढीमा पब्लिक स्पिच कैलाली २०८० सम्पन्न भएको छ। धनगढीमा रहेको अनाया एजुकेशन एकेडेमीको आयोजनामा पब्लिक स्पिच कार्यक्रम भएको हो ।
पहिलो चरणबाट उत्कृष्ट १६ भित्र पर्नेलाई दोस्रो चरणमा सहभागी गराइने अनाया एजुकेशन एकेडेमीकी सञ्चालक रुष्मा भूलले बताइन् । दोस्रो चरणमा उत्कृष्ट ४ भित्र पर्नेलाई क्रमशः सात हजार पाँच हजार तीन हजार र १५ सय पुरस्कार रहेको उनले बताइन् ।
कार्यक्रममा कैलाली बहुमुखी क्याम्पस, एक्सिस, त्रिनगर मावि, एसपिए, शारदा, महेन्द्रनगर, ऐश्वर्य र धनगढी मोडेलमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो। पहिलो चरणमा ५० जना वक्ताको सहभागिता रहेको थियो ।













