धनगढी । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘अल–न्यू हुन्डाई भेन्यु’ अब धनगढीमा पनि उपलब्ध भएको छ। यससँगै धनगढी तथा आसपासका ग्राहकहरूले हुन्डाईको नयाँ तथा आधुनिक भेन्युको प्रत्यक्ष अनुभव लिन पाउने भएका छन्।
धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित हुन्डाई सोरुमको आज नेपाल उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका छन् ।
सोरुम उद्घाटन गर्दै अध्यक्ष कुँवरले हुन्डाई भेन्यु युवापुस्ताको रोजाइमा परेको बताए। उनले अटोमोबाइल क्षेत्र राज्यको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यसको विकासमा व्यवसायी तथा सम्बन्धित पक्षको महत्वपूर्ण भूमिका रहने बताए।
“गाडी बिक्री गर्नु मात्र ठूलो कुरा होइन, ग्राहकलाई बिक्रीपछिको सेवा–सुविधा प्रदान गर्नु अझ महत्वपूर्ण हुन्छ,” उनले भने। उनले ग्राहकको सेवामा सदैव केन्द्रित भएर काम गर्न धनगढी सोरुमका सञ्चालकलाई आग्रह गर्दै सफलताको शुभकामना दिए।
अल–न्यू भेन्यु बोल्ड डिजाइन, आधुनिक प्रविधि र आरामदायी सुविधासहित बजारमा आएको धनगढी सोरुमका इन्चार्ज दिपेन्द्र प्रसाद ओझाले जानकारी दिए ।
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















